

वाणगंगा ८ मा आमाको दुबै मृगौला फेल, छोराहरुले गरे सहयोगको अपिल




राजेन्द्र खनाल, कपिलवस्तु
खाने गास र परिवारको उपचार गर्ने माध्यम नहुँदा वाणगंगाका गोबिन्द बहादुर रेश्मी पिडत बनेका छन् । अझ त्यसैमाथि श्रीमती मृगौला पिडित छिन भने आफु पनि जण्डीस (कमलपित्त) रोगले ग्रस्त छन् ।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा वालवालिका शिक्षााबट बञ्चित हुनुपरेको छ भने परिवारमा दुई छाक खानाको प्रबन्ध मिलाउन रेश्मी परिवारमा अहिले हम्मेहम्मे भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित वाणगंगा नदि तटिय क्षेत्रमा बस्ने रेश्मी परिवारमा आमा बाबु बिरामी छन भने सोही कारण दुई छोराको पढाई प्रभावित भएको छ ।
आमा शिवकला रेश्मीको दुवै मृगौला फेल भएपछि जेठो छोरा सफल रेश्मी कक्षा ८ मा पढ्दै गर्दा विद्यालय छोडेर मजदुरी गर्न बाध्य भएका छन भने कान्छो छोरा संगमले अहिले कक्षा ५मा पढ्ने भए पनि विद्यालयमा नियमित हुन पाएका छैनन् ।
आफ्नी आमाको ज्यान बचाईदिन रेश्मी दाजुभाईले आग्रह गरेका छन । अहिले शिवकलाको हप्तामा दुई पटक मृगौलाको डायलासिस गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण सो हुन सकेको छैन । जसो तसो आर्थिक संकलन गरेर बेलाबेलामा डायलासिस गराएको बताउने उनले आर्थिक अभावले उपचार गराउन नपाएको गुनासो गरिन् ।
श्रीमान गोबिन्द बहादुरले रुँदै भने, जग्गा जमिन भएको विक्रि गरेर उपचार गराए सबै सकियो, अब नसक्ने भएँ । उनी आफु समेत बिरामी अवस्थामा रहेको सुनाए ।
भएको जग्गा जमिन विक्रि गरी श्रीमतीको उपचार गराएका उनी अहिले दुई छोरा र श्रीमती सहित मासिक भाडा तिर्ने गरी सानो एक छाने घरको एउटा कोठा लिएर बसेका छन् । घरमा खाने खाद्यान्न सकिएको छ भने दुई छोराको पढाई रोकिएको छ ।
आमाको अस्वस्थ अवस्थाका कारण नियमित विद्यालय जान नपाएका कारण पढाई छोडेको सफलले बताए । आफ्नो पढ्ने इच्छा धेरै भए पनि परिवारको आर्थिक अवस्थाका कारण विद्यालय जान नपाएको उनले बताए ।
परिवारमा भएको जग्गा जमिन बेचेर सकिएपछि अहिले उनीहरुको बास बस्ने जमिन र छानो समेत आफ्नो छैन । जसका कराण भान्सामा साँझ विहान पकाउने रासन सकिएको छ भने छोराहरुको पढाई प्रभावित भएको छ । अनि श्रीमान श्रीमती नै रोगी अवस्थामा छन् । यस्तो अवस्थामा उनीहरुले आर्थिक सहयोगका लागि सबैसँग याचना गरेका छन् । अहिले सम्म आफन्तहरुको सहयोगले श्रीमतीको उपचार गराएको भन्दै श्रीमान गोबिन्दबहादुले अब उपचार गराउन नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया