

बाणगंगा २ ले दियो कप्टैया बाजा समुहलाई नौमति बाजा



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ ले कप्टैया बाजा समुहलाई नौमति बाजा बितरण गरेको छ । नौमति बाजा लोप हुन लागेको भन्दै वडाले गत बर्षबाट बाजा समुहलाई बाजा बितरण गर्दै आएको हो ।
नौमति बाजा बितरण कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख मगंल थारुले लोप हुन लागेका सस्कृति संरक्षणमा सबैले आआफनो ठाउबाट सहयोग गर्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै वडा नः २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले वडा भित्रका सबै लक्षित वर्गका समुहलाई केन्द्रमा राखी वडाले काम गर्दै आएको बताए । सो अवसरमा वडा सदस्य राम शरण चौधरी, कप्टैया नौमति बाजा समुहका डिबि थापा, बिसनपुरा टोल बिकास समितिका अध्यक्ष शोभाकान्त बेल्बासे, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।
कार्यक्रम वडा सचिव नरेन्द्र पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया