

प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा : प्रकाशमान सिंह



काठमाडौं
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा रहेको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित विरोध सभामा बोल्दै उनले संसदमा विश्वासको मत लिने आँट नगर्ने प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा रहेको बताएका हुन् ।
आम नेपाली जनताले सडकबाट दबाव दिएपछि ओलीको होस खुल्ने बताउँदै उनले भने, ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ ।’
ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावना विपरीत संविधान कुल्चेर संसद विघटन गरेको नेता सिंहको दाबी छ । उनले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण बताउँदै यसले लोकतन्त्रमाथि प्रहार भएको बताए ।
संसदको सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको बहान रचेको उनको भनाइ थियो ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया