चुनाव हुदैन , कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ : डा.भट्टराई

रोल्पा

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीयता, गणतन्त्र र संविधानको पक्षमा नरहेको बताउनुभएको छ ।

रोल्पाको लिबाङमा आइतवार आयोजित एक अन्तरक्र्रिया कार्यक्रममा भट्टराईले ओली गणतन्त्र विरोधी नेता भएको आरोप लगाउनुभएको हो । गुप्तचर र सुरक्षा निकायमा ओलीले आफ्नो मान्छे राखेको भन्दै भट्टराईले त्यसको आलोचनासमेत गर्नुभयो ।

संवैधानिक आयोगहरुमा पनि सबै अफ्नो गोजीको मान्छेलाई राखेको तथा न्यायलयमा कार्यकारीको लामो समयसम्म पनि नहट्ने गरि डरलाग्दो छायाँ परेको जिकिर गर्नुभयो । ‘कुनै पनि तानाशाहले आफूले नजित्ने चुनाव गराएको इतिहास विश्वमै छैन्’, भट्टराईले भन्नुभयो ‘त्यसैले कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ ।’

राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘कु’ गरेर अहिलेको व्यवस्था फाल्न खोजेको भन्दै तेस्रो जनआन्दोलनको विकल्प नभएको पनि भट्टराईले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

खबर सबै