

फागुन ७ मा बाणगंगा नगरपालिकाको आठौं नगर सभा



कपिलवस्तु
बाणगंगा नगरपालिकाले आठौ नगरसभा फागुन ७ गते गर्ने भएको छ । आज फागुन १८ गते बसेको बैठकले यो निर्णय गरेको नगरले जनाएको छ । त्यस्तै बाणगंगा नगरपालिकाको आज बसेको बैठकले अन्य महत्वपूर्ण निर्णयहरु समेत गरेको छ । त्यस्तै बैठकले बाणगंगा, कोईली र घेरी खोलाको ठेक्का सदर गर्ने, बाणगंगा नदीको मधुबन क्षेत्रको आय ठेक्का पहिलो बोलकबुल दिपीका निर्माण सेवालाई प्रदान गर्ने निर्णय गरेको छ ।
भूमिहिन र सुकुमबासी तथा अव्यवस्थित बसोबासको लगत संकलन ईकाई प्रमुखमा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीलाई चयन गरिएको छ । जेष्ठ नागरिक सेवा मिलन केन्द्र संचालन तथा व्यवस्थित कार्यविधि २०७७ स्वीकृत गरिएको छ । त्यस्तै वैठकले बाणगंगा नगरपालिकाको राहत तथा विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७७ समेत स्वीकृत गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया