
ओलीले राजा रजौटासँग साँठगाँठ गरेर प्रतिनिधिसभा विघटन गरे: प्रचण्ड

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।
आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । उनले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठुलो डिजाइन अन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धीमाथि प्रहार गरिएको पनि बताए ।
अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए । त्यसैगरी बैठकलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफुतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया