

बिहानी कृषि सहकारीको अध्यक्षमा पुनः आचार्य, उपाध्यक्षमा क्षेत्री

सागर पौडेल ,कपिलवस्तु -बिहानी कृषि सहकारी संस्था लि. बाणगंगा ३ भक्तौली कपिलवस्तुको नवौँ बार्षिक साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष लक्ष्मण आचार्यले सहकारीले गरेका कार्य तथा आगामि कार्ययोजना, सचिव प्रेम बहादुर थापाले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष भिमलाल गौतमले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
नवौँ अधिवेशनबाट पुनः लक्ष्मण आचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । जसको उपाध्यक्षमा असिम कंडेल क्षेत्री, महिला उपाध्यक्षमा बिमला थापा, सचिवमा प्रेम बहादुर क्षेत्री, सह सचिवमा ईश्वरी खनाल, कोषाध्यक्षमा भिमलाल गौतम चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लोक बहादुर थापा क्षेत्री, कुल बहादुर थापा, निर्माया महत क्षेत्री, ऋतु सोमई, बिष्णुदत्त पौडेल, बलराम पौडेल, नारायण प्रसाद तिवारी, यज्ञ प्रसाद गैरे, सृजना घिमिरे अर्याल, सन्तराम थारु र तारा गैरे सर्वसम्मत रुपमा चयन भएका हुन् ।
त्यस्तै ऋण समितिको अध्यक्षमा मनिराम पन्थी तथा विमा समितिको अध्यक्षमा दिवस प्रसाद थापा चयन भएका हुन् । बन्द सत्रको निर्णायक समितिमा संयोजक चक्र बहादुर कुवंर क्षेत्री, सदस्यमा मनिराम पन्थी, पुर्ण प्रसाद पंगेनी रहेका थिए ।
प्रेम प्रसाद आर्यालको प्रमुख आतिथ्यता, चक्र बहदुर कुवर क्षेत्रीको बिशिष्ट आतिथ्यता, सहकारीका कार्यसमिति सदस्य बलराम अधिकारीको स्वागत मन्तब्य तथा शेयर सदस्य बिष्णु प्रसाद तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया