

पत्रकार बिध्यार्थि संगठन कपिलवस्तुको प्रथम भेला सम्पन्न




कपिलवस्तु
पत्रकार बिद्यार्थि संगठन कपिलवस्तुको प्रथम भेला आज कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बनगाइमा शनिवार होटल नरपानीमा सम्पन भएको छ ।
भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति पनि गठन गरेको छ । भेलाले जिल्ला समिति चयन गरेको छ । जसको अध्यक्षमा राधा पाण्डे,उपाध्यक्षमा अनिता क्षेत्रि,सचिव पदमा अनिश बन्जाडे,सह–सचिबमा सिर्जना आचार्य ,कोषाध्यक्षमा बिमला बि सि त्यस्तै सदस्यहरुमा पवनराज पान्डे,नवराज बेल्बासे,मनिशा पौडेल,मनिषा भुसाल चयन गरेको छ ।
प्रमुख अतिथि पत्रकार विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले संगठनले विशेष गरी उत्पीडनमा परेका पत्रकारिता पढिरहेका विद्यार्थी पत्रकार, पत्रकारिता गर्दै गर्दा विभिन्न मिडियामा कार्यरत संचारकर्मि र जिज्ञासु पत्रकार बिद्यार्थिहरुको हक हितका लागि काम गरि सो कार्यमा सक्रियताका साथ लागि पर्ने धारणा राख्दै नवनिर्वाचित पदाधिकारीहरुलाइ बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
सिर्जना आचार्यको स्वागत मन्तव्य,संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यता,र राधा पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनिश बन्जाडेले गरेका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया