

कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्र नगर प्रमुख शाहद्वारा उद्घाटन




कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह द्वारा उद्घाटन गरिएको छ ।
कृष्णनगर नगरपालिकाको आयोजना र मुख्यमन्त्री ग्रमीण विकास तथा रोजगार कार्यक्रमको सहयोग तथा नगर प्रमुख रजत प्रताप शाह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको बारेमा कविराज निरिक्षक हरिलाल उपाध्याय ले प्रकाश पार्नुभयो।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले नागरिक आरोग्य सेवा केन्द्रको सेवा आजबाट सुरू हुने र सबैलाई निरोगी र स्वास्थ्य बनाउने उद्देश्यका साथ सेवा सुरू भएको बताउदै नमुना नागरिक आरोग्य सेवा केन्द्र बनाउन समेत आफूहरु पहल गर्ने बताउनुभयो ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत आयुर्वेद औषधि कारगर रहेको बताउदै नागरिक आरोग्य सेवा केन्द्रको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, बैद्य खुमा के.सी. इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेल, वि.ओ.पी. कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य, कृष्णनगर नगरपालिका का विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, कृष्णनगर नगरपालिका विभिन्न शाखाका प्रमुखहरु, कार्यक्रम सिफारिश समिति सदस्य कृष्ण कुमार गुप्ता, सीता जि. सी लगायत अन्यको उपस्थित रहेको थियो ।
कार्यक्रममा स्वागत डा. नागेश्वर प्रसाद मिश्र ले गर्नुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया