

कपिलवस्तुमा किसान महासंघको महिला विभाग गठन




कपिलवस्तु
अखिल नेपाल किसान महासंघ (अप्फा) कपिलवस्तुको महिला विभाग गठन भएको छ । बिहीबार सम्पन्न प्रशिक्षण भेलाबाट महिला विभाग गठन गरिएको हो ।
हरिमाया भण्डारीको संयोजकत्व गठित ७ सदस्यीय समितिमा प्रेमकला खत्री, लक्ष्मी शर्मा, शारदा खनाल, निर्मला श्रेष्ठ, सरस्वती अधिकारी र राधा पौडेल चयन हुनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले वास्तविक किसानहरुलाई पहिचान गरी उत्पादनमा ५० प्रतिशत छुट दिनु पर्ने तथा विदेशी आयातलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
उहाँले किसानलाई ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध हुनु पर्ने, सिंचाईमा सतप्रतिशत अनुदान दिनु पर्ने, जमीनलाई जोत्नेको स्वामित्व कायम गरिनु पर्ने, चक्लाबन्दी नीति बनाई सहकारी तथा सामूहिक खेती प्रणाली लागू हुनु पर्ने, कृषिमा विदेशी लगानी बन्द गर्नु पर्ने, स्वदेशी पुँजीलाई प्रोत्साहन दिनुपर्ने लगायतका माग महासंघले उठाएको जानकारी दिनुभयो ।

भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल महिला संघकी चन्द्रबदन श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष शशी सापकोटा, जनजाति सम्मेलनका जिल्ला अध्यक्ष नरबहादुर पुनले बधाई तथा शुभकामना दिनु भएको थियो ।
अखिल नेपाल किसान महासंघ महिला विभाग कपिलवस्तुकी संयोजक हरिमाया भण्डारीको अध्यक्षतामा सो प्रशिक्षण भेला सम्पन्न भएको हो ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया