

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै



काठमाडौं
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको जानकारी दिए ।
आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोग स्रोतले बतायो ।
यसअघि नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । तर ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय आयोगले गरेको थियो ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया