

संवैधानिक इजलासमा गुञ्जियो– न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई…




काठमाडौं
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाई गरिरहेको संवैधानिक इजलासमा बिहीबार ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको दुई पंक्ति गुञ्जियो ।
वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उक्त गीतलाई नेपालको संविधानसँग तुलना गरेका थिए । पहिलो संविधानसभाको समयमा उक्त गीत निकै चर्चित रहेको भन्दै उनले एउटा प्रसंग स्मरण गराए ।
त्यो बेला माओवादी फरक पृष्ठभूमिबाट आएको तर उसकै एजेण्डाअनुसार संविधानसभाको निर्वाचन भएर पनि संविधान बन्न नसक्ने अवस्था सिर्जना भएपछिको परिस्थितिसँग उक्त गीतका उल्लेखित हरफ मेल खाने उनको भनाइ थियो ।
तर, दोस्रो संविधानसभाबाट संविधान बनेको र त्यो संविधानले प्रतिनिधिसभा विघटन परिकल्पना नगरेको उनले जिकिर गरे ।
वरिष्ठ अधिवक्ता घिमिरेले पहिलाका चारवटा विघटन सिफारिसको जगमा नयाँ संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी प्रावधान नराखिएको बताए । ‘तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले गरेको प्रतिनिधिसभा विघटनकाृ सिफारिसको जगमा यो संविधानमा त्यस्तो व्यवस्था गरिएको हो,’ उनले भने ।
प्रतिनिधिसभाको मुख्य नेता मानिने सभामुखलाई समेत थाहा नदिइ विघटनको सिफारिस गरिएको जिकिर गर्दै उनले यस्तो कार्य व्यवहारिक पनि नभएको र न्यायको सिद्धान्त अनुसार पनि नरहेको दावी गरे ।
प्रतिनिधिसभा विघटनको सिफारिस अनिश्चयात्मक रहेको भन्दै उनले राष्ट्रपतिले यस्तो अनिश्चयात्मक सिफारिस आउँदासमेत कानुनविद्हरुसँग छलफल नगरी प्रमाणीकरण गरेको भन्दै उक्त कार्यले संविधानको मर्मलाई कुल्चिएको बताए ।
समयसीमामा कडाइ
इजलासमा बहस गर्ने कानुन व्यवसायीलाई बिहीबार समयसीमामा कडाइ गरिएको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विषयको गम्भीरतालाई ध्यानमा राख्दै कानुन व्यवसायीहरुलाई बढीमा १५ मिनेटभित्र बहस टुंग्याउन निर्देशन दिएका थिए ।
बिहीबार इजलासमा सोही हाराहारीमा वकिलहरुले बहसका लागि समय पाएका छन् ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया