

संवैधानिक इजलासमा गुञ्जियो– न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई…




काठमाडौं
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाई गरिरहेको संवैधानिक इजलासमा बिहीबार ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको दुई पंक्ति गुञ्जियो ।
वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उक्त गीतलाई नेपालको संविधानसँग तुलना गरेका थिए । पहिलो संविधानसभाको समयमा उक्त गीत निकै चर्चित रहेको भन्दै उनले एउटा प्रसंग स्मरण गराए ।
त्यो बेला माओवादी फरक पृष्ठभूमिबाट आएको तर उसकै एजेण्डाअनुसार संविधानसभाको निर्वाचन भएर पनि संविधान बन्न नसक्ने अवस्था सिर्जना भएपछिको परिस्थितिसँग उक्त गीतका उल्लेखित हरफ मेल खाने उनको भनाइ थियो ।
तर, दोस्रो संविधानसभाबाट संविधान बनेको र त्यो संविधानले प्रतिनिधिसभा विघटन परिकल्पना नगरेको उनले जिकिर गरे ।
वरिष्ठ अधिवक्ता घिमिरेले पहिलाका चारवटा विघटन सिफारिसको जगमा नयाँ संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी प्रावधान नराखिएको बताए । ‘तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले गरेको प्रतिनिधिसभा विघटनकाृ सिफारिसको जगमा यो संविधानमा त्यस्तो व्यवस्था गरिएको हो,’ उनले भने ।
प्रतिनिधिसभाको मुख्य नेता मानिने सभामुखलाई समेत थाहा नदिइ विघटनको सिफारिस गरिएको जिकिर गर्दै उनले यस्तो कार्य व्यवहारिक पनि नभएको र न्यायको सिद्धान्त अनुसार पनि नरहेको दावी गरे ।
प्रतिनिधिसभा विघटनको सिफारिस अनिश्चयात्मक रहेको भन्दै उनले राष्ट्रपतिले यस्तो अनिश्चयात्मक सिफारिस आउँदासमेत कानुनविद्हरुसँग छलफल नगरी प्रमाणीकरण गरेको भन्दै उक्त कार्यले संविधानको मर्मलाई कुल्चिएको बताए ।
समयसीमामा कडाइ
इजलासमा बहस गर्ने कानुन व्यवसायीलाई बिहीबार समयसीमामा कडाइ गरिएको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विषयको गम्भीरतालाई ध्यानमा राख्दै कानुन व्यवसायीहरुलाई बढीमा १५ मिनेटभित्र बहस टुंग्याउन निर्देशन दिएका थिए ।
बिहीबार इजलासमा सोही हाराहारीमा वकिलहरुले बहसका लागि समय पाएका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया