

नेपालको दोस्रो लामो पुल, ओलीले गरे उद्घाटन




दाङ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कै दोस्रो लामो पुलको उद्घाटन गर्नु भएको छ । सोमवार दाङको राप्ती नदीमा रहेको उक्त पुलको उद्घाटन गर्नु भएको हो । राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीको २०७३ मंसिर २२ गते पुष्पकमल दाहालले शिलान्यास गर्नु भएके थियो । उहाँ त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो ।
राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ । उक्त पुल करिब एक अर्बको लागतमा निर्माण गरिएको हो । पुल ४ वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता भएको थियो ।
तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा ४ महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको थियो । उक्त पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको थियो । राप्ती नदीमा पुल नहुदाँ यहाँका नागरिकहरुले बर्षायाममा निकै सास्ती भोग्दै आएका थिए ।
ज्यानलाई जोखिममा राखेर डुंगाबाट नदि वारपार गर्ने गर्दथे । त्यस्तै कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो यो पुल निर्माण भएसंगै पूर्व पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेटपनि समय लाग्दैन ।
लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ । राप्ती गाउँपालिकाबाट सिधैँ गढवा गाउँपालिका जान सकिन्छ । बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा रहेको पुल नेपालको सबै भन्दा लामो पुल हो । जसको लम्बाई १ हजार १५ मिटर छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया