

प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको कानूनविद्हरुको टिप्पणी




काठमाडौं
कानूनविद्हरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा राष्ट्रियसभा सदस्य एवं अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम संविधानबिपरीत भएको दाबी गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीको कदम संविधान विरुद्धको काम भएको भन्दै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने संविधानमा कुनै विषेशाधिकार नभएको दावी गर्नुभएको हो ।
अधिवक्ता बिष्णु भट्टराईले संसद विघटनको विषयमा अहिले संवैधानिक इजलासमा बहस जारी रहेकोले यो विचाराधीन मुद्दामा सार्वजनिक रुपमा टिकाटिप्पणी गर्न नहुने बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीको दल औपचारिक रुपमा बिभाजित नभएको अवस्थामा विश्वासको मत लिनुपर्ने प्रश्न नै नउठ्ने तर्क गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा अधिवक्ता सुनिल पोखरेलले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको बताउनुभयो ।
त्यस्तै अधिवक्ता डा. सुरेन्द्र महतोले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको टिप्पणी गर्दै संविधानको कुनै धारामा पनि संविधान बिघटनको बिषय उल्लेख नभएको तर्क गर्नुभयो ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया