

ओलीले भने जनमुक्ति सेनाको त्याग र बलिदानले देशमा ठूलो परिवर्तन आयो




काठमाण्डाै
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गर्नुभएको छ ।
बालुवाटारमा तत्कालीन जनमुक्ति सेना विभिन्न तहका कमाण्डरलाई बोलाएर प्रधानमन्त्रीले जनयुद्धका क्रममा खेलेको भूमिकाका विषयमा प्रशंसा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । ‘जनयुद्धमा तपाईंहरुले खेलेको भूमिकाको म प्रशंसा गर्छु, तपाईंहरुको त्याग र बलिदानले देशमा परिवर्तन ल्याउन ठूलो सहयोग गरेको छ’, ओलीले भन्नुभयो ।
पूर्व जनमुक्ति सेनालाई नेतृत्वले पटक पटक धोका दिएको भन्दै ओलीले आफूले समस्या समाधान गरिदिने आश्वासन समेत दिनुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहले कार्यकर्ता आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन् ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया