
अखिल छैठौं कपिलवस्तुद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कपिलवस्तु ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं कपिलवस्तुले आज जिल्लाको खरेन्द्रपुरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
अखिल छैठौं जिल्ला सचिवालय सदस्य टिना अदैको उपस्थिति सहित अखिल छैठौं शिवराज नगर समिति अध्यक्ष सञ्जिला बुढा मगरको अध्यक्षतामा भएको प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा खरेन्द्रपुर ग्रुप प्रथम भएको छ भने नयाँ बस्ती ग्रुप दोस्रो स्थान लिएको छ । त्यस्तै मधवा धनगडवा ग्रुपले तेस्रो स्थान लिएको अखिल छैठौँले जनाएको छ । यसैगरी चन्द्रौटा ग्रुप ले चौथो स्थान लिएको छ ।
प्रतियोगिता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं जिल्ला समितिले पुरस्कारको व्यवस्था गरेको थियो । कार्यक्रमको सहजीकरण अखिल छैठौं जिल्ला सचिवालय सदस्य टिना अदै , अखिल छैठौं शिव राजनगर समिति कोषाध्यक्ष भारती भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केयर सिंह अदैले गर्नु भएको अखिल छैठौँका जिल्ला अध्यक्ष रिषभ आचार्यले जानकारी दिनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया