

देशभर नेपाल बन्दको प्रभाव, कपिलवस्तुको चन्द्रौटामा कार्यकर्ताले जलाए ट्रक




ई–साझाकुरा संवाददाता
नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव विहानदेखि नै परेको छ । केन्द्रिय सचिवालय सदस्य कञ्चन ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरिएकाले तुरुन्त रिहाइको माग गर्दै विप्लव समुहले आज नेपाल बन्द आह्वान गरेको थियो । बन्दको प्रभाव भने पूर्ण रुपमा परेको छ ।
विहानैबाट देशभरका बजार, उद्योगधन्दा खुलेका छैनन् भने सडकमा सवारीको आवतजावत पनि त्यति छैन । हल्का मात्र मोटरसाइकल चलेका छन् ।
बन्द गर्न बसेका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटामा विहानै एक ट्रकमाथि आगजनी गरेका छन् । आगजनीबाट ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ । ट्रक जलाएपछि कपिलवस्तुमा बन्दको प्रभाव उच्च देखिएको छ ।
बन्दमा कुनै किसिमको क्षती नहोस् भनेर सुरक्षाको लागि बिभिन्न स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मी पनि परिचालन भएका छन् । बन्द कानुनविपरित भएकाले जसरी पनि सुरक्षा प्रदान गरिने भन्दै प्रहरीले निर्बाध रुपमा पसल, ब्यवसाय, शैक्षिक संस्था, उद्योगधन्दा खोल्न आग्रह गरेको छ । उता विप्लवले भने बन्द सफल हुने ठोकुवा गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया