

ओली सरकार विरुद्ध कांग्रेसको विरोध कपिलवस्तुका ठाउँठाउँमा



कपिलवस्तु ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन पछि पनि विभिन्न गल्ति गर्दै जालशाजि तर्फ लागेको नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले बताउनुभएको छ । प्रधानमन्त्रीका हरेक कदम राष्ट्रको अहित हुने गरी भईरहेको भन्दै नेता उपाध्यायले संसद विघटन पछि पनि प्रधानमन्त्री विभिन्न जालझेलमा लागेको बताउनुभयो ।
प्रमूख प्रतिपक्षि दल नेपाली कांग्रेस कपिलवस्तुले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे उहाँले संविधानको कुनै धारा उल्लेख नगरी संसद विघटनको प्रस्ताव राष्ट्रपती कहाँ लगेको र अदालतमा प्रवेश गरेको कागजलाई किर्ते गरी फिर्ता गर्ने काम ओलीबाटै भएकोले असंवैधानिक कदमका खेलमा ओली सक्रिय भएको पनि उहाँले आरोप लगाउनुभयो ।
ओली सरकार भ्रष्टाचार र काण्डैकाण्डमा फसेर अहिले व्याट्री सकिएको घडिको सुई जस्तै हल्लीएर वसी आफु असफल सिद्ध भए पछि चुनावको नौटंकी गरेको उहाँको टिप्पणी छ ।
वैशाखको निर्वाचन कुनै पनि हालतमा नहुने जिकिर गर्दै नेता उपाध्याले यस्ता भ्रमको पछि नलाग्न समेत कार्यक्रताहरुलाई आग्रह गर्नुभयो । चुनावभन्दा संविधानको रक्षा ठुलो भएकाले अहिले नेपाली काँग्रेस ओली कदमविरुद्ध डटेर लागेको बताउनु भयो ।
प्रतिनिधि सभा विघटनविरूद्ध आज देशभरका वडा तहहरुको विरोधमा केन्द्रित भएको नेपाली कांग्रेसले कपिलवस्तुका १० वटै स्थानिय तहका वडाहरुमा नेपाली कांग्रेसका कार्यक्रताहरुले ¥याली सहित विरोध सभा सम्पन्न गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरे पछि त्यसको विरोध स्वरुप कांग्रेसले पार्टीको केन्द्रिय कार्यक्रम अनुसार कपिलव्स्तुका सबै स्थानिय तहका सबै वडाहरुमा विरोध कार्यक्रम गरेको हो । देशभरका छ हजार सात सय ४३ वडाहरूबाट विरोध प्रदर्शन गरीएको नेपाली कांग्रेसले बताएको छ ।
यता कपिलवस्तुको प्रदर्शनका लागि वाणगंगा नगरपालिका वडा नम्बर वडा नं. ३ को कार्यक्रमलाई कांग्रेस पुर्व केन्द्रीय सदस्य ,पुर्व मन्त्री तथा पुर्व राजदुत दिपकुमार उपाध्यायले सम्बोधन गर्नुभएको थियो ।
विरोधसभामा कांग्रेस वाणगंगा नगरपालिका वडा नम्वर ३ वडा कार्य समितीका सभापति खिमानन्द पाण्डेको सभापतित्व सहित,नेपाल टे«ड युनियन कांग्रेसकी केन्द्रीय सदस्य विमला गैरे, कांग्रेस क्षेत्र नं. १ का पुर्व क्षेत्रिय सदस्य खेमनारायण डुम्रे लगाएतले सम्बोधन गर्नुभएको थियो ।
वडा उप सभापति भिखु प्रसाद थारुको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन युवा नेता कृष्ण पौडेलले गर्नुभएको थियो ।
यसै विच वाणगंगा नगरपालिका वडा नम्वर ८ वडा कार्य समितीले पनि असम्वैधानिक कदम विरुद्ध विरोध सभा प्रर्दशन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्वर १ का क्षेत्रिय सचिव प्रेमनारायण पौडेलले कार्यक्रमलाई सम्वोेधन गर्दै वर्तमान केपी ओली सरकारले जनतालाई सत्यता भन्दा भुटको खेती गरेर सरकारमा पुगेकाले मुलुकको अवस्था संकटमा परेको बताउनुभयो । उहाँले भ्रष्टाचारको भागवण्डा नमिलेर ओलीले असम्वैधानिक कदम चाल्दै श्रीपेच विनाको राजा प्रधानमन्त्री बन्न खोलेको आरोप पनि लगाउनुभयो ।
वडा नम्बर ८ को कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य रविराज आचार्य,क्षेत्रिय प्रतिनीधी टोपनाराण भण्डारी ,नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनीधी कृष्ण प्रसाद न्यौपाने, नेपाल विद्यार्थी संघका युवा नेता माधव पौडेल, नेपाल तरुण दलका युवा नेता बेदुराम पोख्रेल, नेपाल महिला संघकी महिला नेत्री लक्ष्मी कडेल लगाएतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
वडा सभापति धुब्र कडेलको सभापतित्व तथा उप सभापति गिरि राज पौडेलको स्वागत र क्षेत्रीय प्रतिनिधि विष्णु मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

यसैबिच यता वाणगंगा नगरपालिका वडा नम्बर ७ को विरोध सभामा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य दुर्गा केसीले प्रधानमन्त्री ओलीले देखाएको सपनाबाट नेकपाका नेता कार्यक्रताहरु बल्ल झस्किएर व्युझिएको बताउनुभयो । उहाँले ओलीका भाषणका सपनामा तालि पिटेर स्वाद फेर्दे कांग्रेसतिर हेर्नेहरु अहिले आफै तोरिको फुला देख्ने स्थितिमा पुगेको पनि टिप्पणी गर्नुभयो । त्यस्तै आफ्नो पार्टीको आन्तरिक झगडा मिलाउन नसक्दा भालुको रिस खन्यु माथि भने जस्तै जनमतको अपमान गर्दे ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेर संर्वसत्तावादी चरित्र देखाएको पनि बताउनुभयो । कार्यक्रममा क्षेत्रीय प्रतिनिधि शेषकान्त वेल्वासे,युवा नेता रुकबादुर भुषाल,वडा सभापति सुवेदार तेजबहादुर पछाई लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम वडा सचिव छत्रमणी पाण्डेको संचालनमा सम्पन्न भएको नेपाली कांग्रेस वडा कार्यसमितिले जनाएको छ ।

यस्तै प्रतिनिधि सभा विघटनको विरोध स्वरुप नेपाली कांग्रेसले वाणगंगा नगरपालिकाका वडा नम्बर १ ले पनि बिरोध सभा सम्पन्न गरेको छ । वडा नम्बर १ को विरोध सभामा कांग्रेस केन्द्रिय सदस्य अतहर कमाल मुसलमानले सरकारका गलत कदमका विरुद्ध नेपाली कांग्रेस डटेर सामाना गर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस वडा सभापति मनिराम शर्माको सभापतित्व तथा महासमिति सदस्य दुर्गा सेन, नेता युवराज केसी, डोलकराम घिमिरे लगाएतको सम्बोधन रहेको थियो । वडा सचिव झलक मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस वडा कार्यसमिति वडा नम्बर १ ले जनाएको छ । त्यसतै कांग्रेसले नगरका अन्य वडाहरुमा पनि विरोध सभा सम्पन्न गरेको छ भने जिल्ला भरका सबै वडा तहहरुमा विरोधका कार्यक्रम भएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जानकारी दिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया