

राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गरे



एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नु भएको छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि हुनुहुन्छ ।ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नु भएको छ ।” उक्त सजायमा राष्ट्रपति र उहाँका बालबच्चाको नाम भने त्यसमा समावेश छैन ।
ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो ।
राष्ट्रपति ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि ब्याननलाई फोन गर्नु भएको अमेरिकी संचार माध्यमहरुले बताएका छन् । यस्तै, राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बुधबार नै अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया