

सार्वजनिक भए अलिबाबा कम्पनीका संस्थापक ज्याक मा

काठमाण्डौ ।
अलिबाबा कम्पनीका संस्थापक ज्याक मा कैयौँ महिनापछि एक पटक फेरि मिडियाको सामु आएका छन् । गएको वर्षको नोभेम्बर महिनाको सुरुवातदेखि उनी सार्वजनिक रुपमा देखिएका थिएनन् ।
आफ्नो च्यरिटी फाउण्डेशनको एक अभियानका लागि उनले भिडियो लिङ्कमार्फत ग्रामीण क्षेत्रका स्कुलमा काम गरिरहेका शिक्षकहरुसँग कुराकानी गरे । अलिबाबा कम्पनी सुरु गर्नुअघि ज्याक मा आफै अङ्ग्रेजी भाषाका शिक्षक थिए ।
चीन सरकार समर्थित मिडिया ग्लोबल टाइम्सले ज्याक माको भिडियो मिडियामा पोस्ट गरेको हो ।
ग्लोबल टाइम्सका अनुसार केही समयअघि मात्र वित्तीय नियामक संस्थाले अलिबाबा कम्पनीलाई लिएर जाँच सुरु गरेको थियो र त्यसपछि पहिलो पटक अलिबाबा मिडियामा देखिएको हो ।
सीएनबीसीका अनुसार ज्याक माको भिडियो सार्वजनिक भएपछि उनको हङकङ स्टक एक्सचेन्जमा सूचीकृत उनको कम्पनीको स्टक मूल्य पाँच प्रतिशतसम्म बढेको छ ।
गएको वर्षको अक्टोबरमा एन्ट समूह (पहिले यसलाई एन्ट फाइनेसियल एण्ड अलीपेको नामबाट चिनिन्थ्यो) को आईपीओ जारी गर्ने गरिनुलाई ज्याक माले यो अहिलेसम्मकै विश्वको सबैभन्दा ठूलो आईपीओ हुने बताएका थिए । साउदी अरामको आईपीओभन्दा यो अझै ठूलो हुन सक्ने उनले दाबी गरेका थिए ।
शङ्घाईमा भएको एक सम्मेलनमा ज्याक माले भनेका थिए, ‘पाँच वर्षअघिसम्म या फेरि तीन वर्ष पहिलेसम्म मैले यसको कल्पना पनि गरेको थिइँन तर अहिले जे भइरहेको छ, यो जादु जस्तै छ ।’
उनको यो बयानपछि चीनको वित्तीय नियामकले उनको कम्पनीमाथि जाँच सुरु गरेको थियो र त्यसपछि ज्याक मा मिडियामा देखिएका थिएनन् । यस्तो अवस्थामा उनी कहीँ हराइरहेको अनुमान लगाइएको थियो ।
ब्लुमबर्गका अनुसार अहिलेसम्म ज्याक मा कहाँ छन् भन्नेबारेमा थाहा भइसकेको छैन । तर अहिले सार्वजनिक रूपमा उनी देखिएपछि अब उनको बारेमा भइरहेको चर्चा समाप्त भएको छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया