

स्ववियू सभापति खत्रीले भने ओली कायर प्रधानमन्त्री हुन्




कपिलवस्तु,माघ ६
सिद्धार्थ क्याम्पसका स्ववियू सभापति सुसिल खत्रीले प्रधानमन्त्री केपी शर्मा ओली कायर प्रधानमन्त्री भएको बताउनु भएको छ ।
नेकाप कपिलवस्तुले सिद्धार क्याम्पसमा राखेको भेलालाई सम्बोदन गदैँ खत्री यस्तो बताउनु भएको हो । संसद विघटनअसंवैधानिक तथा अलोकतान्त्रिक ओलीको कदम भएको उहाँको भनाई छ ।
नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता भेलालाई कपिलवस्तुमा सम्बोधन गर्दै खत्रीले ओलीको कदम विरुद्ध कपिलवस्तुवासी एकजुट रहेको बताउनुभएको छ ।
जिल्लामा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताको बहुमत रहेको समेत खत्रीले दाबी गर्नुभएको छ । ओलीले देशमा निरङकुशता निम्ताउने खेल गरेको र त्यो खेललाई कदाबी सफल हुन नदिने उहाँको भनाई छ । खत्रीले विभिन्न कालखण्डमा पञ्चायती र राणाहरुलाई ढालेको र अब ओलीलाई पनि ढाल्न आम नेपाली जनता एकजुट हुनु पर्ने बताउनु भएको छ ।
खत्रीले नेकपाका जिल्ला अध्यक्ष तथा नेकपाकी नेतृ विमला घिमिरे लगायतलाई सिद्धार्थ क्याम्पसमा आफ्ना नजिकका केहीलाई ल्याएर चुनाव लडेर जित्ने देखाउन समेत चुनौति दिनुभएको छ ।
“हामी चुनावबाट भागेको होईन्, हामी चुनाव देखि डराउदैनौ, यदि चुनाव नै चाहने हो भने सिद्धार्थ क्याम्पसमा स्ववियू चुनाव हुने समयमा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेल, विमला घिमिरेले आफ्ना कोही आफ्न्तलाई उम्मेद्वार बनाएर चुनाव जित्न म चुनौति दिन चाहन्छु” खत्रीले भन्नुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया