

स्ववियू सभापति खत्रीले भने ओली कायर प्रधानमन्त्री हुन्




कपिलवस्तु,माघ ६
सिद्धार्थ क्याम्पसका स्ववियू सभापति सुसिल खत्रीले प्रधानमन्त्री केपी शर्मा ओली कायर प्रधानमन्त्री भएको बताउनु भएको छ ।
नेकाप कपिलवस्तुले सिद्धार क्याम्पसमा राखेको भेलालाई सम्बोदन गदैँ खत्री यस्तो बताउनु भएको हो । संसद विघटनअसंवैधानिक तथा अलोकतान्त्रिक ओलीको कदम भएको उहाँको भनाई छ ।
नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता भेलालाई कपिलवस्तुमा सम्बोधन गर्दै खत्रीले ओलीको कदम विरुद्ध कपिलवस्तुवासी एकजुट रहेको बताउनुभएको छ ।
जिल्लामा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताको बहुमत रहेको समेत खत्रीले दाबी गर्नुभएको छ । ओलीले देशमा निरङकुशता निम्ताउने खेल गरेको र त्यो खेललाई कदाबी सफल हुन नदिने उहाँको भनाई छ । खत्रीले विभिन्न कालखण्डमा पञ्चायती र राणाहरुलाई ढालेको र अब ओलीलाई पनि ढाल्न आम नेपाली जनता एकजुट हुनु पर्ने बताउनु भएको छ ।
खत्रीले नेकपाका जिल्ला अध्यक्ष तथा नेकपाकी नेतृ विमला घिमिरे लगायतलाई सिद्धार्थ क्याम्पसमा आफ्ना नजिकका केहीलाई ल्याएर चुनाव लडेर जित्ने देखाउन समेत चुनौति दिनुभएको छ ।
“हामी चुनावबाट भागेको होईन्, हामी चुनाव देखि डराउदैनौ, यदि चुनाव नै चाहने हो भने सिद्धार्थ क्याम्पसमा स्ववियू चुनाव हुने समयमा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेल, विमला घिमिरेले आफ्ना कोही आफ्न्तलाई उम्मेद्वार बनाएर चुनाव जित्न म चुनौति दिन चाहन्छु” खत्रीले भन्नुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया