

प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टी नै आधिकारिक रहेको पूर्वमन्त्री पुनको दावी




कपिलवस्तु,माघ ६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले आधिकारिक नेकपा प्रचण्ड र नेपाल समूहले नेतृत्व गरेको पार्टी नै रहेको दाबी गर्नुभएको छ । नेकपामा प्रचण्ड र नेपाल समूहले नेतृत्व गरेको पार्टीसंगै नै बहुमत रहेको भन्दै उहाँले आफुहरु नै आधिकारिक रहेको बताउनुभएको हो ।
नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता भेलालाई कपिलवस्तुमा सम्बोधन गर्दै नेकपाका स्थायी कमिटि सदस्य समेत रहनुभएका नेता पुनले कपिलवस्तुका आम कार्यकर्तालाई भ्रममा नपर्न पनि आग्रह गर्नु भएको छ । पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको आरोप समेत लगाउनुभयो ।
उहाँले २०६२र०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको समेत स्मरण गर्नुभयो । उनले भन्नुभयो, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास ग¥यौं, तर उहाँ बयलगाडाकै मनोविज्ञानमा हुनुहुँदोरहेछ।’
अहिले आफुहरु दोस्रो चरणको आन्दोलनमा रहेको र आगामी दिनमा ओलीविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा पूर्व सभामुख तथा नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनुसरी घर्तीले राम बहादुर थापा बादल, मणि थापा, टोप बहादुर रायमाझी र गिरीधारीलाल न्यौपानेलाई केपी शर्मा ओलीको नयाँ दास रहेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुको अगुवा कार्यकर्ता तथा विस्तारित भेलालाई सम्बोधन गर्दै उनीहरु कम्युनिष्ट आन्दोलनका गद्धार ब्यक्ति रहेको भन्दै ओलीको दास रहेको उहाँले आरोप लगाउनुभएको छ ।
मुलुकलाई समृद्ध बनाउने, लाखौँको संख्यामा रोजगारी सिर्जना गर्ने नेकपाको सपनामा केपी ओलीले गद्द्दारी गरेको भन्दै अब बन्ने स्पष्ट विचारसहितको नेकपाले त्यो सपना पुरा गर्ने समेत उहाँले बताउनु भयो । उहाँले वैशाखमा चुनाव नहुने ठोकवासमेत गर्नुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया