

सरकार विरुद्ध जसपा कपिलवस्तुले जितपुरमा जनसभा तथा विरोध प्रदर्शन गर्ने



जसपा कपिलवस्तुले भोलि चारनम्बरमा सरकारको प्रतिगमनका विरुद्ध जनसभा तथा विरोध प्रदर्शन गर्ने, केन्द्रिय नेताहरुले सम्बोधन गर्दै
कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध देशैभर विभिन्न विरोध प्रदर्शन गरिरहेको छ । सोहि अनुसार जसपा कपिलवस्तुले संसद विघटन विरुद्ध विरोधका कार्यक्रमलाई अगाडि बढाईरहेको बताएको छ ।
जसपा कपिलवस्तुले भोलि माघ ७ गते बुधबार जिल्लाको चार नम्बर जितपुरमा बर्तमान सरकारको प्रतिगमनका विरुद्ध जनसभा तथा विरोध प्रदर्शन गर्ने जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो ।
उक्त विरोध सभामा पार्टीका केन्द्रिय तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको जसपा कपिलवस्तुले जनाएको छ । विरोध सभामा जसपा प्रमुख वक्ता केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, पुर्व मन्त्री तथा केन्द्रिय सदस्य दान बहादुर चौधरी, केन्द्रिय सदस्य नारायण खनाल, बिष्णु हरि शर्मा, बोम दर्लामी, डा. कालि पथ शर्मा, पुर्व केन्द्रिय सांसद तथा पार्टीका केन्द्रिय सल्लाहकार राम लौटन तिवारी, लगातयका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने जसपा जिल्ला पार्टी कार्यालयले बताएको छ ।
पार्टीको आन्तरिक झगडा मिलाउन नसेर संसद भंग गर्ने प्रधानमन्त्रीको प्रवृति गलत रहेको भन्दै जनताले दिएको जनदेशलाई वर्तमान सरकारले सम्हाल्न नसकेका कारण संसद र संविधानमाथि प्रहार गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धको उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता तथा कार्यकर्ताहरु तथा सम्पुर्णलाई पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले आग्रह पनि गर्नुभएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया