

प्रचण्ड– माधव पक्षको अगुवा कार्यक्रता प्रशिक्षण्का लागि भोलि नेताहरु कपिलवस्तु आउने




नवराज बेल्वासे, माघ ५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– माधव समुह कपिलवस्तुको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आधादर्जन नेताहरु कपिलवस्तुमा आउदैँ छन् ।
माघ ६ गते वाणगंगामा प्रचण्ड–माधव पक्षले आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्न नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली लगायतका आधा दर्जन नेतालाई जिल्लामा आमन्त्रण गरिएको नेकपा कपिलवस्तुले जनाएको छ ।
मंगलबार विहान ११ बजे सिद्धार्थ क्याम्पस बुङ्चीमा राखिएको भेलालाई सम्बोधन गर्न प्रदेश इन्चार्ज ज्ञवालीसंगै स्थायी कमिटी सदस्यहरु बर्षामान पुन, चक्रपाणी खनाल, केन्द्रिय सदस्य ठाकुर गैरे, प्रदेश अध्यक्ष ओनसरी घर्ती, केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय लगायत आउने जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात त्यसको विरोध स्वरुप जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षात्मक कार्यक्रम राखिएको जिल्ला सचिव शाहले बताउनुभयो । साथै उक्त भेला पश्चात जिल्ला कमिटीको विस्तारित बैठक पनि बस्ने जनाइएको छ ।
१० स्थानीय तह रहेको जिल्लाका सबै मातहत कमिटीबाट नेकपा नेता, कार्यकर्ता र शुभचिन्तक आउने नेकपाले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया