

प्रचण्ड– माधव पक्षको अगुवा कार्यक्रता प्रशिक्षण्का लागि भोलि नेताहरु कपिलवस्तु आउने




नवराज बेल्वासे, माघ ५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– माधव समुह कपिलवस्तुको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आधादर्जन नेताहरु कपिलवस्तुमा आउदैँ छन् ।
माघ ६ गते वाणगंगामा प्रचण्ड–माधव पक्षले आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्न नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली लगायतका आधा दर्जन नेतालाई जिल्लामा आमन्त्रण गरिएको नेकपा कपिलवस्तुले जनाएको छ ।
मंगलबार विहान ११ बजे सिद्धार्थ क्याम्पस बुङ्चीमा राखिएको भेलालाई सम्बोधन गर्न प्रदेश इन्चार्ज ज्ञवालीसंगै स्थायी कमिटी सदस्यहरु बर्षामान पुन, चक्रपाणी खनाल, केन्द्रिय सदस्य ठाकुर गैरे, प्रदेश अध्यक्ष ओनसरी घर्ती, केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय लगायत आउने जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात त्यसको विरोध स्वरुप जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षात्मक कार्यक्रम राखिएको जिल्ला सचिव शाहले बताउनुभयो । साथै उक्त भेला पश्चात जिल्ला कमिटीको विस्तारित बैठक पनि बस्ने जनाइएको छ ।
१० स्थानीय तह रहेको जिल्लाका सबै मातहत कमिटीबाट नेकपा नेता, कार्यकर्ता र शुभचिन्तक आउने नेकपाले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया