

मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त




काठमाण्डौ, माघ ४
पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।
यसअघि राज्यमन्त्री रहेका दुगडलाई पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री केपी ओलीले नै वर्खास्त गरेका थिए । उनको वर्खास्तिसँगै हाल उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा विमला विक नियुक्त भएकी छन् ।
तर हालैमात्र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका दुगडले आफु राज्यमन्त्री हुँदा गरेको कामको उच्च मूल्याङ्कन गर्दै सरकारले विशेष आर्थिक सल्लाहकारमा नियुक्ती दिएको बताएका छन् ।
‘निकै खुशी छु जुन सरकारले मेरो राज्यमन्त्री हुँदा गरेको कामको उच्च मूल्याङ्कन गर्दै मलाई पुनःप्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार जस्तो गरिमामय पदमा नियुक्ति दिएको छ’ दुगडले भने, ‘प्रधानमन्त्रीले मलाई डा.युवराज खतिवडाको ठाउँमा ल्याउनु भएको छ ।’
दुगडका अनुसार उनले आजै मात्र विशेष आर्थिक सल्लाहकारको नियुक्तिपत्र पाएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका थिए । तर, पछि खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्ति दिएसँगै आर्थिक सल्लाहकारको पद रिक्त रहँदै आएको थियो । सो स्थानमा प्रधानमन्त्री ओलीले अहिले दुगडलाई ल्याएका हुन् । योसँगै दुगडले अब मन्त्री सरहको सेवा सुविधा पाउने भएका छन् ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया