निर्वाचन आयोगले बोलायो सर्वदलीय बैैकठ, चुनाब बारे छलफल

काठमाडौं, माघ १०

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधि सभा विघटन भएर मुलुकमा नयाँ निर्वाचनको मिति घोषणा भए पनि अधिकांश दलहरु निर्वाचनको पक्षमा नरहेको अवस्थामा यसबारे आयोगले छलफल गर्ने भएको हो ।

निर्वाचनबारे छलफलका लागि आयोगमा दर्ता भएका सबै प्रमुख दलसहित साना दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित  कार्यालयमा छलफलका लागि बोलाएको हो ।

बैठकमा आगामी निर्वाचनबारे विशेषगरी मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्र, निर्वाचन सुरक्षा लगायत विषयमा छलफल हुने र निर्वाचनसम्बन्धी अहिलेसम्मकाे तयारीबारे आयाेगले दलहरूलाइ जानकारी गराउने बताइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ तथा २७ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै