
ज्यान लिने कोईलीको कजवे पुल बन्यो रातमा पनि उज्यालो

माघ ४ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सीमा क्षेत्रमा पर्ने कोईली नदीको कजवे पुलमा विद्युतीय बत्ती जडान गरे सँगै रातमा पनि उज्यालो बनेको छ ।
पटक पटक मानविय ज्यान जाने गरी भएका दुर्घटनाको जोखिम न्युनिकरणका लागि नदीको दुवै किनारमा विद्युतिय बत्ती जडान गरिएपछि अब कोईली नदीको कजवेमा रातको समयमा पनि जोखिम कम भएको छ ।
बत्ती जडान सँगै नदी किनारमा झुम्म परेको बाँसको झाँडी पनि सफाई गरीएको छ भने यात्रमा सहजताका लागि पुल वारी र पारी दुवै किनारमा खुल्ला बनाइएको छ ।

रातको समयमा समेत अब यात्रमा सहजता हुने गरी वडा नम्बर ७ को समन्वय र फुलबारी सामुदायिक वनको लागतमा सो बत्ती जडान गरेको वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो ।
बत्ती जडानका लागि सवत्र आवज उठीरहेका बेला वडा कार्यालयले समन्वय गर्दै सामुदायिक वनले रु.३५ हजारको लागतमा सो बत्ती जडान गरेको हो । बत्ती जडान गरिए सँगै अब बनगाई मोतिपुर हुृदैँ भलवाडको यात्रा गर्नेहरुलाई रातको समयमा पनि सहजता हुने भएको छ ।
सो पुलमा बत्ती नहुँदा यस अघि पटकपटक रातको समयमा दुर्घटना हुने गरेका छन भने एक जनाले ज्यान पनि गुमाएका छन् । त्यस्तै केही समय अघि पुलको कमजोर संरचना र वर्षाको बेला आउने बाढीको उच्च बहावका कारण विद्युत प्राधिकरणको गाडी बगाउँदा तीन जनाको ज्यान पनि गएको थियो ।
बत्ती जडान सँगै अब सो कोईलीमा मोटरेवल पुल निर्माण पनि गर्नुपर्ने स्थानियले बताएका छन् । कजवेले धान्न नसकेका कारण सो नदीमा मोटरेवल पुल आवस्यक देखिएको हो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया