

तपाईँको स्तर थाहा पाएँ , ओलीलाई योगेश भट्टराईको जवाफ



काठमाण्डौ, माघ ४
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लक्षित गरेर व्यङ्ग्य गरेपछि प्रचण्ड-नेपाल पक्षका योगेश भट्टराईले जवाफ फर्काउनु भएको छ ।
उहाँले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा केटाकेटीको रगत, पसिना र मेहेनतको जगमा खडा भएको व्यवस्थामा नै प्रधानमन्त्री ओलीले कु पाएको बताउनु भएको छ ।
भट्टराईले लेख्नु भएको छ : ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दु:ख छैन । तपाईँको स्तर थाहा पाएँ खुशी लाग्यो ।’
हिजो प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई बैगुनी केटाको संज्ञा दिनुभएको थियो । भट्टराइलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर गएको बताउनुभयो ।
ओलीले भन्नु भएको थियो-‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ’।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया