

अमेरिकाका ५० वटै राज्यमा सुरक्षा सतर्कता उच्च


काठमाडौँ । अमेरिकाले सबै ५० वटै राज्यमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सबै राज्यहरुमा सुरक्षा सतर्कता उच्च बनाइएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बाइडेनको सपठ्ठ समारोहलाई लक्षित गर्दै सबै राज्यका संसदमा आक्रमण गर्न सक्ने ठान्दै सुरक्षा सतर्कता उच्च पारिएको हो ।
यसअघि ट्रम्पका समर्थकले अमेरिकाको संघीय संसद भवन क्यापिटल हिलममा आक्रमण गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।
अमेरिकाका सबै सरोकारित निकायले नोभेम्बरमा भएको चुनावमा जो बाइडेनले जितेको प्रमाणित गरे पनि बहालवाला राष्ट्रपति ट्रम्पका समर्थकले त्यसलाई स्वीकारेका छैनन् ।तस्वीर । बीबीसी


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया