

स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा गरिब तथा विपन्न लाई कम्बल वितरण





अजय मिश्रा कपिलवस्तु , माघ ३
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा कम्बल, पछ्यौरा, र विस्कुट वितरण गरिएको छ।
रजौरियाको सम्झनामा उहाँको श्रीमती रा.प्र.पा. का केन्द्रीय सदस्य पुष्पा रजौरिया द्वारा गरीब तथा विपन्न वर्गका ज्येष्ठ तथा असहाय नागरिकको सहयोगार्थ न्यानो कम्बल तथा पछ्यौरा सयजना भन्दा बढी व्यक्ति लाई वितरण गरिएको छ।
उक्त वितरणमा रा.प्र.पा. का केन्द्रीय सदस्य श्याम कुमार मिश्र, रा.प्र.पा. का जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ल, रा.प्र.पा. का क्षेत्रिय अध्यक्ष प्रताप सिंह चौधरी,
कृष्णनगर नगरपालिका वडा नं १ वडा अध्यक्ष टुंग नाथ चौधरी, सोही वडाका वडा सदस्य राधे श्याम मिश्र, आनन्द रजौरिया लगायत पत्रकार, समाजसेवी हरूको उपस्थित रहेको थियो


खबर सबै
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण











प्रतिक्रिया