अर्घाखाँचीमा उर्जा मन्त्री रायमाझीले भने पार्टी फुटाउने र सरकार गिराउने मात्रै काम हो प्रचण्डको

अर्घाखाँची, माघ ३

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डको काम पार्टी फुटाउने र सरकार गिराउने मात्रै भएको आरोप लगाउनु भएको छ ।

सनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुह अर्घाखाँचीको “बृहत कार्यकर्ता भेला” लाई सम्बोधन गर्दे रायमाझीले प्रचण्डले आफुले नेतृत्व गरेको सरकार सहित आठ÷नौ वटा सरकार ढालेको बताउदैै प्रचण्डले अहिले पनि ओली नेतृत्वको सरकार ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाउनु भयो ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका रायमाझीले प्रधानमन्त्री ओलीलाई सडकमा पु¥याई प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन खोज्नेहरू आफै सडकमा पुगेको भन्दै प्रचण्ड नेपाल समुहको कुनै भविश्य समेत नभएको दाबी गर्नुभयो । मन्त्री रायमाझीले प्रधानमन्त्री ओलीको लोकप्रियतालाई देखेर आगामी दिनमा आफ्नो पालो नआउने हो कि भन्ने डरले केही नेताहरु ओलीको बिरुद्धमा लागीपरीरहेको बताउनुभयो ।

रायमाझीले सिष्टम नै कोल्याप्स हुने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक कदम चालेको भन्दै सर्वसम्मतले अध्यक्ष र संसदीय दलको नेता बनाईएका केपि ओली विरुद्ध पार्टी भित्रैबाट घेराबन्दी गरिएपछि संसद बिघटन गरेर जनतामा जानु बाहेक अरु विकल्प नरहेको दाबी पनि गर्नुभयो । रायमाझीले अब पार्टीलाई रुपान्तरण सहितको ध्रुबिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मनतब्य राख्दै पार्टी स्थायी कमिटि सदस्य तथा लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपि ओलीले पार्टी र सरकार चलाउन सकेन भनेर आरोप लगाउनेहरुले केपि ओलीले नेतृत्व गरेपछि छोटो समयमै संबिधान सभाबाट संबिधान निर्माण गर्ने आधार तयार भएको कुरालाई भुल्न नहुने बताउनु भयो । उहाँले राष्ट्र र राष्ट्रियतताको पक्षमा कामगर्ने व्यक्ति कसरी असक्षम भन्दै प्रश्न समेत गर्नुभएको हो । पोखरेलले पार्टी अध्यक्ष प्रचण्ड र नेता नेपालले पार्टी एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टीलाई बिभाजनको अबस्थामा पु¥याएको आरोप पनि लगाउनु भयो ।

खानेपानी मन्त्री मणी थापाले बहुमत छ भन्नेहरुलाई चुनावमा गएर जनताको मन जित्न चुनौती दिनुभयो । थापाले देशका लागि प्रचण्ड गद्दारी नेता भएको आरोप लगाउदै प्रचण्ड माधबको पद लोलुप चरित्र र निहित स्वार्थले पार्टीमा समस्या पैदा भएको दाबि समेत गर्नुभयो ।

प्रतिक्रिया

खबर सबै