

‘बैगुनी केटाले लात्तीले हानेर भाग्यो’ योगेश भट्टराई प्रति ओलीको टिप्पणी,




काठमाडौं, माघ ३
प्रधानमन्त्री तथा नेकपाकाे ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईलाई बैगुनी केटाको संज्ञा दिनुभएको छ ।
प्रदेश १ सम्पर्क कमिटीले काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले योगेश भट्टराइलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर गएको बताउनुभयो ।
‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ’, ओलीले भन्नुभयो ।
तर यस्ता बैगुनीका कुरामा आफू अलमलिन नचाहेको ओलीको टिप्पणी छ । २०७४ सालको चुनावमा ताप्लेजुङ पुगेर प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई जिताएर पठाएमा पक्का मन्त्री बनाउने भन्दै भाषण गर्नुभएको थियो । त्यै कुरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आज योगेश भट्टराइलाईलाई ‘बैगुनी केटो’ भन्दै लाञ्छना लगाउनुभएको हो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया