

केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजेको के हो ? : सुवास नेम्वाङ



काठमाडौं, माघ ३
नेकपाको केपी ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी ओलीले बाध्यात्मक अवस्थामा जनतामा जाने निर्णय गरेको बताएका छन् ।
प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘स्थिरताका लागि केपी ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्रीका रुपमा जिताएर पठाइएको थियो । तर प्रधामन्त्रीले बाध्यता भन्नुभएको छ । अब अगाडि बढ्नुको विकल्प छैन । जब कुनै विकल्प देखिँदैन, त्यतिबेला जनतामा जानु नै सबैभन्दा राम्रो उपाय हो । त्यसैले जनताको बीचमा जानका लागि भनेर हामी अग्रसर भएका छौँ । त्यही क्रममा हामी यहाँ भेला भएका छौँ ।’
स्थिरता र समृद्ध नेपाल सुखी नेपालीका लागि काम गरिरहेको काम किन पाच्य भएन भनेर नेम्वाङले प्रश्न गरे ।
‘हामीले स्थिरताका लागि काम गरिरहेका थियौँ । समृद्ध नेपाल सुखी नेपालका लागि काम गरिराखेका थियौँ । त्यो दिशामा अग्रसर भइराखेका थियौँ । तर यो किन पाच्य भएन । केपी ओली प्रधानमन्त्री बनिराख्नु भएको थियो । महाधिवेशन गरी युवा पुस्तामा नेतृत्व हस्तान्तर गर्छु भन्नुभएको थियो । नयाँ जनादेशबाट प्रधानमन्त्री पद सुम्पिने भनिराखेका बेला यस्तो किन गरियो ? किन यो ठाउँमा आइपुग्न हामी बाध्य भयौँ ?,’ उनको प्रश्न छ । यो प्रश्नको जवाफ आउने दिनहरुमा आफू पाउँदै जाने उनले बताए ।
केपी ओलीलाई अस्वीकार गरी काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि अफर गरेर के गर्ने खोजेको हो भन्ने समेत उनले प्रश्न गरे ।
‘दुई जना नेता भेट्न जानुभयो रेँ । हाम्रो प्रतिपक्षी साथीलाई भन्नुभयो रे । संसद पुनस्र्थापना गरौँ । पुनस्र्थापित संसदमा प्रधामनन्त्री तपाईँलाई नै बनाउछौँ भन्नुभयो रेँ । मैले कुुरा राम्रोसँग बुझिनँ । मलाई विश्वास लागेको छैन । फलानो फलानो जानु भएको भनेर साथीहरुले नक्सा देखाउनु भयो । मैले कता कता बिर्सिएँ । केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजेको के हो ? त्यसको जवाफ खोजिरहेको छु । पार्टी कार्यकर्ता पंक्तिले त्यसको जवाफ खोजिरहेको छ । त्यसको जवाफ हामीले चाँडै पाउने मलाई विश्वास छ ,’ उनले भने ।
यस्तै उनले आपूहरुले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु कसैलाई पनि कारबाही नगरेको बताए । नेम्वाङले भने, ‘किनभने हामी पार्टी एकताको पक्षमा छौँ । मैले नाम विर्सिए हाम्रो केही साथीहरुले केपी कमरेडलाई कारबाही गरेर आफै अध्यक्ष हुनुभयो रेँ । को अध्यक्ष हुनुभयो नाम विर्सिएँ मैले । हाम्रो महासचिव कमरेड विष्णु पौडेललाई पनि कारबाही गर्नुभएको सुनेँ । यो सबै बुझियो । अध्यक्ष कमरेडलाई निकालेर आफै बन्नु भएछ । महासचिवलाई निकालेर आफै बन्नु हुनेहोला । यो के गर्नु खोजेको ? यसको जवाफ जनतालाई दिनुपर्छ ?’
निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको विषय उठिरहेका र अदालतमा संसद विघटनसम्बन्धी मुद्दामाथि छलफल भइरहेको भन्दै यस विषयमा थप नबोल्ने उनले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया