

चीनमा आठ महिनापछि कोरोनाका कारण एक जनाको गयो ज्यान


काठमाडौं, माघ १
चीनमा आठ महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ ।
चीनले आठ महिनापछि कोरोना भाइरसको सङ्क्रमणबाट हेबेई प्रान्तमा आज एक जनाको ज्यान गएको पुष्टि गरेको अल जजिराले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि हेबई प्रान्तमा समुदाय स्तरमा कोरोना परीक्षण भइरहेको छ । जोखिम बढेपछि त्यहाँको यातायात, बजार पसल तथा विद्यालय बन्द भएका छन् ।
जोखियुक्त सहरमा त्यहाँको सरकारले लकडाउन गरेको छ । दुई करोड मानिस घरभित्रै बसेका छन् । केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन ५० जनाभन्दा सङ्क्रमित भेटिएका थिए । चीनमा आज एकैदिन १३८ जना सङ्क्रमित भेटिएका छन् । गएको वर्षको मार्च महिनापछि एकैदिन यति धेरै मानिसमा सङ्क्रमण भएको यो पहिलो पटक हो ।
यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) काे टोली आज चीन जाँदै छ । डब्ल्यूएचओको टोलीलाई चीनले वुहानमा प्रवेश दिन्छ/दिँदैन यसबारे केही खुलाएको छैन । कोरोना भाइरसको अध्ययनका लागि डब्ल्यूएचओले आफ्नो टिम वुहान पठाउन लामो समयदेखि चीनसँग छलफल गरेको थियो ।
यसअघि कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको थियो ।
सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया