

इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २३ को मृत्यु


२९ पुस, काठमाडौं ।
पूर्वी सिरियामा इजरायलले गरेको आक्रमणमा परी कम्तीमा सात सिरियाली सैनिक र १६ अन्य मुलुकका सैनिकको मृत्यु भएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायली सेनाले उक्त क्षेत्रको १८ भन्दा भेरै स्थानमा आक्रमण गरेको थियो । बुधबार दिइएको जानकारी अनुसार इजरायली सेनाले गरेको यो आक्रमण सन् २०१८ यताकै सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरी गरिएको आक्रमण हो ।
इजरायलले पूर्वी डेइर एज जोरदेखि सिरिया–इराकी सीमाको अल–बुकमाल मरुभूमिसम्मको क्षेत्रमा आक्रमण गरेको थियो । बेलायतस्थित नियामनकारी संस्थाका अनुसार मारिनेमा सात जना सिरियाली सेना रहेका छन् भने बाँकी १६ सेना कहाँका हुन् भन्ने खुल्न सकेको छैन । उक्त आक्रमणमा परी थप २८ जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ । यो आक्रमणबारे जानकार अमेरिकी गुप्तचर संस्थाका अधिकारीले यो क्षेत्रमा इरानी हतियार भण्डारणको लागि काम भइरहेको कारण अमेरिकाको सहयोगमा इजरायली सेनाले आक्रमण गरेको हो । यस विषयमा इजरायली सेनाले भने कुनै प्रतिक्रिया दिएका छैन । सिरयाको स्थानीय समाचार एजेन्सी सानाका अनुसार बुधबार यो आक्रमण भएको हो ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया