

वाणगंगा ११ ले दियो गर्भवती महिलाहरुलाई कुखुराको भाले



पुष २९ कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ ले वडा भित्रका गर्भवती महिलाहरुलाई पोषिलो खाना स्वरुप कुखुराको भाले सँगै पौष्टिक आहार प्रदान गरेको छ ।
दिव्य गर्भ संस्कार सचेतना तथा गर्भवती पोषण कार्यक्रम अन्र्तगत वडा भित्रका ३५ जना गर्भवती महिलाहरुलाई वडाले डेढ के.जीको एउटा लोकल कुखुराको भाले, आधा के.जी मह र आयोडिन नुन वितरण गरेको वडा अध्यक्ष सोमनाथ आर्यालले जानकारी दिनुभयो । वडा नम्बर ११ को कार्यालय हथौसाको आर्थिक सहयोग तथा समन्वय र नेपाल परिवार नियोजन संघ सामुदायिक क्लिनिक ओदारीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष सोमनाथ आर्यालको अध्यक्षताथ तथा वाणगंगा गनरपालिकाका नगर प्रमूख मंगलप्रसाद थारुको प्रमूख आतिथ्यता रहेको थियो । वडा सदस्यहरु तथा, सुआहारा नगर प्रतिनिधि हिरा केसि , हथौसा स्वास्थ केन्द्र प्रमुख राजु सुनारी, वडा नं. ११ का महिला स्वास्थ स्वयम् सेविका, वडा बाल सहजकर्ता उदयराज तिवारी साथै वडा बाल संजालका अध्यक्ष बिन्दु कोइराला र बिपन्न गर्भवती महिलाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख थारुले वडा नम्बर ११ मा रहेका गर्भवती महिलाहरुलाई पोसिलो खाने कुराहरु दिएकोमा खुसी प्रकट गर्नुभयो । त्यस्तै उहाँले नगरपालिकाले पनि यस्ता कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अर्यालले महिलाहरुका लागि पोषणयुक्ता खानेकुरा अपरिहार्य हुने भन्दै त्यसका लागि वडाले लक्षित वर्गको योजनामै कार्यक्रम बनाएके बताउनुभयो ।
कार्यक्रम वडा सचीव राम प्रसाद सापकोटाले संचालन गर्नु भएको थियो।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया