
कम्युनिस्ट पार्टीमा गद्दार र तानाशाह पनि जन्मदो रहेछ : अष्टलक्ष्मी


काठमाडौं, पुस २९
नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निम्त्याएको प्रतिगमन सडकबाट सच्याउने बताएकी छन् । प्रज्ञा भवनमा आयोजित यो समूहको काठमडौं जिल्ला भेलामा शाक्यले प्रतिगमन सच्याउने सँगै ओलीलाई पनि घुँडा टेकाइने चेतावनी दिइन् ।
‘हिजो पनि निरंकुशविरुद्ध लडेका हौं । शासकलाई घुँडा टेक्न बाध्य पारिएको हो । अब केपी ओली तानाशाहले पनि घुँडा टेक्नुपर्छ’, उनले भनिन् । शाक्यले ओलीलाई गद्दार र तानाशाहको संज्ञा दिएकी थिइन् ।
‘गद्दार र तानाशाह पनि जन्मदो रहेछ कम्युनिस्ट पार्टीमा । अब हामीले यसबाट पाठ सिक्नुपर्छ’, शाक्यले भनिन् ।
पार्टीमा तानाशाही प्रवृत्ति भन्दा पनि कामको उचित मूल्यांकन गर्ने प्रवृत्ति विकास गर्नुपर्ने शाक्यले बताइन् । अहिले ओलीले लोभलालच देखाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने काम गरिरहेको बताइन् ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया