

ट्रम्पका विरुद्ध संसदमा अविश्वास प्रस्स्ताव पेश


एजेन्सी, पुस २८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्ध संसदमा अविश्वास प्रस्स्ताव पेश गरिएको छ । ट्रम्प विरुद्ध डेमोक्रेटिक पार्टीले महाअभियोगको प्रस्ताव पेश गरेको हो । डेमोक्रेटिक पार्टीका सांसदहरुले राष्ट्रपति ट्रम्पले गत हप्ता संसदमा भएको दङ्गामा आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाएका छन् ।
सो पार्टी राष्ट्रपति ट्रम्पलाई तुरुन्त हटाउन माग गरेको छ । ट्रम्पले लगातार दोश्रोपटक महाअभियोगको सामना गर्नुपरेको छ । प्रतिनिधिसभाका अध्यक्ष न्यान्सी पेलोसीले आइतबार ट्रम्पलाई महाअभियोगको प्रस्ताव ल्याउन अनुमति दिएकी थिइन् । राष्ट्रपति ट्रम्पमाथि जनवरी ७ मा आफ्ना समर्थकहरुलाई भड्काउने काम गरेको आरोप लगाइएको छ । ७ तारिकमा संसद भवनमा ट्रम्पका समर्थकहरुले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो ।
अखबार द हिलका अनुसार सभामुख पेलोसीले उपराष्ट्रपति माइक पेन्सले संविधानको २५ औं संशोधन अन्तर्गत ट्रम्पलाई हटाउन सक्ने बताउँदै आएकी छिन् । डेमोक्रेट्सलाई लेखिएको पत्रमा सभामुख पेलोसीले यदि उपराष्ट्रपति पेन्सले कुनै कार्बाही गरेनन् भने महाअभियोगको पक्ष विपक्षमा मतदान हुने बताएकी थिइन् । पत्रमा पेलोसीले लेखेकी थिइन्ः ‘संविधान र प्रजातन्त्र बचाउनु हाम्रो दायित्व हो, त्यसैले हामीले तुरुन्त कदम चाल्नुपर्छ । राष्ट्रपतिले यी दुवै ( संविधान र लोकतन्त्र) लाई धम्की दिएका छन् । दिनहरु बित्दै जाँदा राष्ट्रपतिले लोकतन्त्र बिगार्ने डर बढ्दै जाने देखिन्छ ।’
राष्ट्रपति ट्रम्पको समयावधि यही हप्ताको अन्त्यमा सकिँदैछ । नवनिर्वाचि राष्ट्रपति जो बाइडेनले जनवरी २० तारिकमा राष्ट्रपति पदका लागि सपथ लिदैछन् ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया