

निर्वाचन आयोगले निर्वाचनका लागि तयारी थाल्यो


निर्वाचन आयोगले निर्वाचनका लागि तयारी थालेको छ । सरकारले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि आयोगले तयारी थालेको हो । तर, यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ
आयोगले मतदाता नामावली अद्यावधिकको काम थाल्ने भएको छ । यस्तै आयोगले जिल्ला निर्वाचन अधिकृतहरुलाई एक दिने प्रशिक्षण पनि दिएको छ । मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम कार्यान्वयनसम्बन्धी जिल्ला निर्वाचन अधिकृतहरुलाई एकदिने प्रशिक्षण दिएको हो । पुष २६ र २७ गते २ समूहमा भर्चुअलबाट प्रशिक्षण दिइएको आयोगद्वारा विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपले निर्वाचन सम्पन्न गर्न मतदाताको पहुँचयोग्य हुने गरी मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्य तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया