

उत्तर कोरियाका सर्वोच्च नेता किम सत्तारुढ दलको महासचिवमा निर्वाचित


उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित हुनुभएको छ ।
पार्टीको आठौँ अधिवेशनले उहाँलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ । पार्टीको महासचिवका रुपमा उहाँभन्दा अगाडि उहाँको बुबा र त्योभन्दा अगाडि हजुरबुवाले नेतृत्व प्रदान गर्दै आउनुभएको थियो । पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको समाचारमा जनाइएको छ ।
उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमाण्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उहाँ राज्यका अरु पनि धेरै प्रमुख जिम्मेवारीमा रहनु भएको छ । उहाँले केही समयपछि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिनु भएको थियो । उत्तर कोरियामा उहाँको परिवारको दबदबा रहेको छ ।
उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङले बधाई ज्ञापान गर्नुभएको छ । उहाँले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना पनि दिनुभएको छ । उहाँले महासचिवका रुपमा किमसँगको सहकार्य पनि राम्रो हुने विश्वास व्यक्त गर्नुभएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया