

प्रचण्ड-नेपालको निर्वाचनको तयारी रोक्ने प्रस्ताव आयोगले गर्यो अस्विकार



काठमाडौं, पुस २७
प्रचण्ड-नेपाल समुहले निर्वाचन रोक्न गरेको आग्रह आयोगले अस्वीकार गरेको छ । सोमबार निर्वाचन आयोगमा पुगेर अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सरकारले तोकेको निर्वाचन रोक्न आग्रह गर्नुभएको थिया ।
उहाँहरुले संसद विघटन सम्बन्धको फैसला नआएसम्म निर्वाचनको काम नगर्न आयोगलाई आग्रह गरेको बताइएको छ । नेताहरुले आयोगलाई स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम गर्न सुझाव समेत दिएको बताइएको छ । तर निर्वाचन आयोगले भने सरकारले तोकेको मितिमा निर्वाचन गराउने काम थालिसकेको र नराेक्ने जवाफ दिएको छ ।
अदालतले निर्वाचन नगर्न नभनेसम्म काम रोक्न नसकिने आयोगका अधिकारीहरुले बताएका छन् । साथै प्रचण्ड-नेपाल समुहलाई आयोगको तटस्थतामा शंका नगर्न आग्रहसमेत गरेको बताइएको छ । गएको पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै आगामी बैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति घोषणा गर्नुभएको थियो ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया