
ओली विरुद्ध पौडेल र देउवा विभाजित

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए ।
कांग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उनले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे ।
प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो ।
जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने बताए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताए ।
कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उनको भनाइ थियो । कांग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेलले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया