

ओली विरुद्ध पौडेल र देउवा विभाजित



काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए ।
कांग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उनले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे ।
प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो ।
जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने बताए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताए ।
कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उनको भनाइ थियो । कांग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेलले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया