
जेठ २१ देखि हुनेभयो अखिल (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन

काठमाडौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ ।
अखिल (छैठौं) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी २०७८ जेठ २१,२२ र २३ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा २२औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो ।
अखिल ९छैठौं० ले प्रतिनिधि सभा विघटनविरुद्ध देशब्यापी आन्दोलनको घोषणा पनि गरेको छ । त्यस क्रममा आउँदो माघ २ गते देशैभर मसाल जुलुश प्रदर्शन गरिनेछ । यस्तै, युनियनले संगठन निमाएणका लागि विभिन्न योजनाहरु समेत बनाएको छ ।
बैठकपछि अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्तिको पुर्णपाठ
‘अखिल (छैठौं) केन्द्रीय समितिको सातौं पूर्ण बैठक २०७७ पुस २५ र २६ गते काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ ।
१। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक र देशलाई अस्थिरतातर्फ धकेल्ने कदम भएको ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने निर्णय गरिएको छ ।
२। संसद विघटनको विरुद्ध २०७७ माघ २ गते देशभरका जिल्ला सदरमुकाम तथा स्थानीय तहमा मसाल जुलुस सम्पन्न गर्ने निर्णय गरिएको छ । मसाल जुलुसलाई सफल पार्न सम्पूर्ण विद्यार्थी तथा जनसमुदायलाई अपील गर्दछौं ।
३। कक्षा १ र ११ को पाठ्यक्रमसम्बन्धी विवादका कारण लाखौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयहरुमा नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको अवस्थामा पुरानो पाठ्यक्रमअनुसार पढाइ गर्न माग गर्दै शैक्षिकसत्रको मध्यतिर सर्वोच्च अदालतमा मुद्दा हालिएको थियो । मुद्दाको कैयौंपटक लगातार पेशी सरेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको र कतिपय विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिइसकेको अवस्थामा सर्वोच्चको अन्तरिम आदेशको कारण पढाइ रोकिंदा लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । उक्त मुद्दाको छिटो टुङ्गो लगाउन अखिल ९छैठौं०ले माग गर्दछ ।
४। अखिल ९छैठौं०को २२औं राष्ट्रिय सम्मेलन २०७८ जेठ २१, २२ र २३ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न गर्ने निर्णय गरिएको छ । सम्मेलन सफल पार्नको लागि विभिन्न समितिहरु गठन गरिएको छ ।
क। अध्यक्ष विमल पोखरेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव महेशराज जोशीको संयोजकत्वमा सम्मेलनस्थल व्यवस्थापन समिति, सचिव सुवास जीसीको संयोजकत्वमा प्रचारप्रसार समिति, सचिवालय सदस्य उमेश कंडेलको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।
ख। सम्मेलन तयारीको लागि १ नम्बर प्रदेशमा सचिवालय सदस्य नवीन पाण्डे, २ नम्बर प्रदेशमा केन्द्रीय सदस्य विवेक जीसी, बागमती प्रदेशमा सचिव सुवास जीसी, गण्डकी प्रदेशमा उपाध्यक्ष गणेश अधिकारी, लुम्बिनी प्रदेशमा उपाध्यक्ष देवेन्द्र कुंवर, कर्णाली प्रदेशमा केन्द्रीय सदस्य हरि बुढा र सुदुरपश्चिम प्रदेशमा महासचिव महेशराज जोशीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
ग। राष्ट्रिय सम्मेलन तयारीको लागि माघ १५ गतेसम्म प्रदेशका बैठकहरु सम्पन्न गर्ने, माघ ३० गतेसम्म जिल्लाका बैठकहरु सम्पन्न गर्ने, २०७८ जेठ १० गतेसम्म सबै जिल्लाहरुका सम्मेलन तथा भेलाहरु सम्पन्न गर्ने र जेठ १५ गतेसम्म प्रतिनिधि पर्यवेक्षकको नामावली केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने निर्णय भएको छ ।
४। केन्द्रीय सचिवालय सदस्य सिर्जना जीसीले दिएको राजीनामा स्वीकृत गरी सचिवालय सदस्यमा नवीन पाण्डे
(सुनसरी) लाई मनोनयन गरिएको छ ।’


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया