

बालविवाह विरुद्ध धर्मगुरुहरूको सामुहिक प्रतिबद्धता




कृष्णनगर, पुस २६
कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को समन्वयमा कृष्णनगर नगरपालिकामा संचालित कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत बालविवाह निवारणमा धर्मगुरु हरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बालवालिका को उमेर समुह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो ।
सहभागीहरू बाट बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएको हो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका भित्रका मौलवी, मौलाना, ज्योतिष तथा पंडित तथा कृष्णनगर नगरपालिका महिला तथा बालवालिका विकास शाखा प्रमुख थुमा उपाध्याय लगायत २७ जनाको सहभागिता रहेको थियो ।
युनिसेफ नेपालका प्रकाश कैनि , सिद्धार्थ सामाजिक विकास केन्द्रका आर. टी. खान, सिद्धार्थ सामाजिक विकास केन्द्रका नारायण घिमिरे, सिद्धार्थ सामाजिक विकास केन्द्रका अमर वस्नेत लगायतले कार्यक्रममा सहजीकरण गर्नुभयो ।
उद्घोषकको भुमिका भने सिद्धार्थ सामाजिक विकास केन्द्रका तापस मिश्रले गर्नुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया