

लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकामा कोशेली घर स्थापना गरिने : मन्त्री पौडेल





काठमाडौं, पुस २५
लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्थानीय उत्पादनको वृद्धि गरी त्यसको बजारीकरणका लागि प्रदेशका सबै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने बताउनुभएकाे छ ।
दाङको घोराहीमा रहेको सर्वोत्तम बहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठाैं वार्षिक साधारण सभामा बाेल्दै उहाँले स्थानीय उत्पादनमा वृद्धि गरी बजारीकरणका लागि लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकामा कोशेली घर स्थापना गर्ने गरी काम अगाडि बढेको बताउनुभयो ।
किसानको उत्पादनले बजार नपाएको तर उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको भन्दै मन्त्री पौडेलले त्यसको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा सहकारी बजार सुरु गर्ने गरी प्रदेश सरकारले काम अगाडि बढाएको विषयमा उहाँले जाेड दिनुभयाे । यस्तै कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर लुम्बिनी प्रदेशमा कार्यक्रम सुरु भएको भन्दै सरकारले दिने गरेको अनुदानलाई थप प्रभावकारी बनाउनका लागि उत्पादनमा आधारित अनुदान दिने थालिएको उहाँले बताउनुभयाे ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया