अदालत र न्यायाधीश परीक्षामा रहेको गगन थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको मुद्दा हेरिरहेको अदालत र त्यहाँका न्यायाधीश पनि परीक्षामा रहेको बताएका छन् ।

लोकतन्त्रमा कहिले काहिँ सन्की साशक निर्वाचित भएर आउने भन्दै संसद भंग भएको र राष्ट्रपति त्यसको साक्षी भएकाले सबैको विश्वास अदालतमा रहेको बताए ।

संसद विघटनको विरोधमा शनिबार चाबहिलमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै थापाले कुनै बेला बीपी कोइरालाले न्यायकर्ताले न्यायको अवहेलना गर्‍यो भने कसैले पनि मर्यादा राख्दैन भनेको स्मरण गरे । भने, ‘गंगोत्रीको जल दुषित भयो भने कुनै पनि जल पवित्र रहन सक्दैन । न्यायको उद्गम स्थल पवित्र रहनुपर्छ ।’

थापाले न्यायाधीशले धनगढीको सभा वा कपनको सभा हेर्नुपर्ने, डराउनु पनि नपर्ने केबल संविधान हेर्नुपर्ने बताए ।

प्रतिक्रिया

खबर सबै