

प्रदेश बिगठनले नयाँ द्वन्दको बिजारोपण हुन्छ ः यादव



जनता समाजबादी पार्टी (जसपा) का केन्द्रिय कार्यकारीणी सदस्य महेन्द्रराय यादवले सरकारले प्रदेश सरकार बिगठन गर्न खोजे मुलुकमा नयाँ द्वन्दको बिजारोपण हुने बताउनु भएको छ । जसपा कपिलवस्तुले तौलिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमका लागी जिल्ला आएका नेता यादवले सञ्चारकर्मीलाई नेकपाको आन्तरिक कलहले प्रदेश सरकार संकटमा पर्न थालेको बिषय ईगित गर्दै सो प्रतिक्रिया दिनु भएको हो ।
संसद भंग गरेर प्रधानमन्त्रीले देशलाई भड्खालोमा हाल्ने काम गरेको बताउदै प्रदेश सरकार बिगठनले नयाँ द्वन्दको बिजारोपण हुने वहाँको स्पष्टोक्ति थियो । केपी ओली सरकारले गरेको संसद बिगठनको कार्य असम्बैधानिक रहेको र संबिधानको मर्म र भावना बिपरित रहेको उहाँले स्पष्ट पार्नु भयो । राष्ट्रपतिको भुमिका प्रति समेत असन्तुष्टी जनाउदै यादवले संसद बिगठनले अराजकता र राजनैतिक अस्तिरतालाई बल मिलेको उहाँको भनाई थियो ।
आफनो पार्टीले सर्वोच्च अदालतले संबिधानको रक्षा गर्ने र व्याख्या गर्दै सकारात्मक फैसला दिनेमा बिस्वस्त रहेको बताउनु भयो । संबिधान प्रति आफुहरुको असहमती रहे पनि संबिधानको रक्षा प्राथमिकतामा रहेको यादवले बताउनु भयो । यादवले भने विगतका दिनमा आफुहरुले संविधानको संसोधन हुनु पर्ने माग रहे पनि अहिलेको अवस्थामा संविधान रक्षा नै हाम्रो प्राथामिकता रहेको बताउनु भएको छ । संबिधानको रक्षा गर्दै संसद पुर्नस्थापना हुनु पर्ने आफुहरुको माग रहेको उहाँले बताउनु भएको छ । जनता सामाजवादी पार्टी कपिलवस्तुले राखेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन संसद बिगठन अलोतान्त्रिक ,अम्बैधानिक र संबिधानको भावना बिपरीत भएको वाक्ताहरुको जोड रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया