प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले बुटवलमा प्रधानमन्त्रीको पुत्ला जलाए

बुटवल ।
प्रतिनिनिधसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले बुटवलमा प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । साथै उनीहरुले मसाल जुलुस समेत निकालेका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भन्दै उनीहरुले बुटवलमा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

 

प्रतिक्रिया

खबर सबै