

कपिलवस्तुको विजयनगरमा दहाल – नेपाल समूहको भेला,शसक्त आन्दोलनको चेतावनी



विजयनगर ।
कपिलवस्तु जिल्लाको विजयनगर गांउपालिका वडा नं ६ प्रेमनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयनगर गांउकमिटी को आयोजना मुनिस मनिहार को अध्यक्षता तथा गिरधारी लाल न्यौपाने को प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य बालकराम बुढा र अतिथिमा नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली रहनु भयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा शक्ति सडकमा रहेको र यो जनताको आन्दोलन हो भन्ने कुरा बताउदै सरकारले आफ्नो गल्ती नसुधारे अझ ससक्त आन्दोलन हुने बताउनुभयो ।
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हाम्रो पार्टी लाई धोखा दिने काम धेरै पटक भयो
राजतंत्र हटाएर आफूहरु नै गणतंत्र स्थापना गरेको बताउदै मुख्यमंत्री लाई राजनीति गर्ने हो भने मुख्यमंत्रीको पद छोडेर राजनीति गर्न सुझाव दिदै अन्तिम समयमा आफूहरु संग मिल्नु बाहेक बिकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य अब्दुल रौफ, नेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुन , नेकपा विजयनगरका इन्चार्ज अर्जुन सापकोटा ,नेकपा शिवराज नगर कमिटी सचिवालय सदस्य चिन्ता परियार वार्ड कमिटी सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा। अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, तोफेल खान, कैफ खान लगायत सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन भने दिपेन्द्र बहादुर महराले गर्नुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया